चितवन, बैशाख १६ । हेटौँडाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत हेटौँडा उपमहानगरपालिका–१२ का एक वृद्धको मृत्यु भएको हो। ८० वर्षीय उनको आज बिहान सवा ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
निमोनियाका कारण वैशाख १ गते कोरोना परीक्षण गर्दा सङ्क्रमित भई भरतपुर अस्पतलमा उपचाररत उनको उपचारका क्रममा कोेभिड सघन उपचार कक्षमा मृत्यु भएको हो। रासस
Facebook Comments


























