काठमाडौं, बैशाख १६ । नेपाल आयल निगमले निषेधाज्ञाको समयमा देशभरका पेट्रोलपम्प खुला रहेको र सहज रुपमा इन्धन बिक्री-वितरण भइरहेको जनाएको छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले देशैभर इन्धन सहज रुपमा बिक्री–वितरण भइरहेको बताए। उनले निषेधाज्ञाको अवधिमा पनि सबै पेट्रोलपम्प खुला हुने बताए।
काठमाडौं उपत्यकाका कतिपय पम्पमा इन्धन नपाएको गुनासो आएको सन्दर्भमा उनले हिजो राति अबेरसम्म बिक्री–वितरण भएको र ती पम्पका लागि थानकोट डिपोबाट ट्यांकर हिँडिसकेको उपाध्यायले जानकारी दिए। बुधबार अबेरसम्म राजधानीका अधिकांश पेट्रोलपम्पमा सर्वसाधारणको लामो लाइन देखिन्थ्यो।
Facebook Comments


























