बैशाख १६ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ २६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Facebook Comments


























