काठमाडौं, बैशाख १५ । काठमाडौंको कलंकी आसपास भएर गए राति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ म्याग्निच्यूटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
परकम्पको धक्का कंलकीसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो। २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्प पछि अहिलेसम्म ५० हजार भन्दा बढी परकम्प गएको छ। चार रेक्टर स्केल भन्दा माथिका ५ सय ५२ पटक परकम्प गएको केन्द्रले जनाएको छ।
भूकम्पविद् लोकविजय अधिकारीकाअनुसार गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प अझै १० वर्षसम्म आइरहने सम्भावना रहेको छ।
Facebook Comments



















![केपी शर्मा ओली : प्रधानमन्त्री [फाइल फोटो]](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2019/06/RoS_Ktm20190606IMG_13041073f.jpg?resize=150%2C150&ssl=1)






