काठमाडौं, बैशाख १३ । काठमाडौंमा मास्क नलगाई हिड्नेलाई प्रहरीले कारबाही गर्न थालेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मास्क नलगाइ हिड्नेलाई केही समय नियन्त्रणमा लिएर छाडेको हो। काठमाडौंका विभिन्न स्थानमा बनाइएको होल्डिङ एरियामा उनीहरुलाई राखिएको थियो।
बिहानसम्म प्रहरीले १ हजार ३ सय २५ जनालाई केही समय होल्ड गरेर सम्झाई बुझाई छोडेको थियो। ३ सय २२ जना महिला र १ हजार ३ जना पुरुष कारबाहीमा परेका छन्।
देशभर संक्रमण बढेको भन्दै स्थानीय प्रशासनले जिल्लामा थप कडा गरेको छ। त्यस्तै, काठमाडौं उपत्यकाभित्र तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ।
Facebook Comments


























