तनहुँ, बैशाख १३ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ भुस्नापुर स्यानिभञ्ज्याङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। ग्रामीण सामुदायिक विद्युत उपभोक्ता ढोरफिर्दीका कर्मचारी शुक्लागण्डकी–११ का ५८ वर्षीय युवराज शर्माको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो। बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
Facebook Comments


























