बैशाख १३ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ। अहमदाबादमा हुने खेलमा पन्जाब किङ्स र कोलकत्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुनेछ।
पन्जाब र कोलकत्ताबीचको खेल साँझ पौने ८ बजे सुरु हुनेछ। आज पन्जाब तेस्रो जित निकाल्ने योजनामा हुनेछ। पन्जाबले ५ खेलमा ४ अंक जोडेको छ।पन्जाब तालिका पाँचौं स्थानमा रहेको छ।
कोलकत्ता भने दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ। कोलकत्ता ५ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ। पन्जाब र कोलकत्ताबीचको पछिल्लो प्रतिस्पर्धामा कोलकत्ता हाबी देखिदै आएको छ। पछिल्लो पाँच भेटमा कोलकत्ताले ४ खेल जितेको छ। अघिल्लो सिजन भएको दुई भेटमा पन्जाबले एक खेल जितेको थियो। एजेन्सी
Facebook Comments


























