हेटौंडा, बैशाख १२ । मकवानपुरमा छोराले प्रहार गरेको बन्चरो लागेर बाबुको मृत्यु भएको छ। कैलाश गाउँपालिकामा आइतबार बिहान बाबु छोराबीच विवाद हुँदा ३० वर्षे अन्जन सापकोटाले बाबु बलराम सापकोटालाई बन्चरो प्रहार गरेका हुन्।
छोराले प्रहार गरेको बन्चरो टाउकोमा लागेर ५० वर्षे बलराम सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। अहिले छोरालाई नियन्त्रणमा लिएर घटनास्थल सुरक्षित गरिएको र मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए।
Facebook Comments


























