बैशाख १२ । आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल प्रतितोला ४०० रुपैयाँले घटेको हो।
गत साताको शुक्रबार तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आइतबार ९१ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ। सोही परिमाणको तेजावी सुनलाई आज ९० हजार ८०० रुपैयाँ पर्नेछ।
यता, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ। शुक्रबार एक हजार ३२० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी आइतबार एक हजार ३१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।
Facebook Comments


























