चितवन, बैशाख ११ । रेडियो त्रिवेणी १००.६ मेघाहर्जले नव वर्ष २०७८ सालको क्यालेण्डर लोकार्पण गरेको छ। लोकतन्त्र दिवसको अवसर पारि रेडियोका अध्यक्ष एवं वरिष्ठ समाजसेवी तेजनारायण खरेलको अध्यक्षतामा शनिबार बिहान सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका नव निवार्तिच अध्यक्ष नारायण प्रसाद अधिकारी रहेका थिए।
सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष अधिकारीले संचारको माध्यमद्धारा रेडियो त्रिवेणीले समाज रुपान्तरणमा खेलेको भुमिकाको उच्च प्रसंशा गरे। साथै उनले आफ्नो कार्यकालमा जिल्लाका मिडिया हाउसहरु दिगो रुपमा स्थापित गराउन महत्वपुर्ण भुमिका खेल्ने बताए।
कार्यक्रममा बोल्दै रेडियोका अध्यक्ष तेजनारायण खरेलले रेडियो क्षेत्रका लामो अनुभवी व्यक्तिलाई महासंघ जिल्ला शाखाले अध्यक्षको रुपमा पाएकाले चितवनका रेडियो र त्यसमा कार्यरत संचारकर्मीहरुलाई लाभ हुने कुरामा आफु विश्वस्त रहेको बताए।
रेडियोका समाचार प्रमुख हेमराज रिमालले सहजीकरण गरेको कार्यक्रममा स्टेसन म्यानेजर मुकुन्द भुसालले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा निर्देशकद्धय प्रकाश पौडेल र अर्जुन अधिकारी, साहित्यकार राधा कोईराला, शिक्षा प्रेमी नहेन्द्र खड्का, रेडियोका वरिष्ठ कार्यक्रम प्रस्तोता सिर्जन अविरल लगायतले बोलेका थिए।
सोहि कार्यक्रममा पत्रकार महासंघ चितवनका नव निर्वाचित अध्यक्ष नारायण प्रसाद अधिकारीलाई स्वागत तथा सम्मान समेत गरिएको थियो।


























