बैशाख ९ । मेडियम पेस बलर कमल सिंह ऐरीले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट डेब्यु गरेका छन्। त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत अहिले जारी मलेसियाविरुद्धको खेलमा डेब्यु गरेका हुन्।
कमलले यसअघि एकदिवसीय अन्तराष्ट्रियमा नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन्। उनले घरेलु मैदान टियू अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको विश्वकप लिग-२ मा राष्ट्रिय टोलीबाट एकदिवसीयमा डेब्यु गरेका थिए।
उनले ओमानविरुद्ध मैदान उत्रिदै एकदिवसीयमा डेब्यु गरेका थिए। उनले ओमानविरुद्ध डेब्यु एकदिवसीयमा ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर विकेट विहिन भएका थिए।
Facebook Comments


























