बैशाख ९ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पुनरागमन जित निकालेको छ। बुधबार राति भएको खेलमा टोटेनहमले साउथह्याम्पटनमाथि २-१ गोल अन्तरको जित निकालेको हो।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ग्यारेथ बेल र सन ह्युङ मिनले एक एक गोल गरे। साउथह्याम्पटनका ड्यानी इन्ग्सले एक गोल फर्काए।खेलको ३० औं मिनेटमा इन्ग्सले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए।
तर, खेलको ६० औं मिनेटमा बेलले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ९० औं मिनेटमा सनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई २-१ को जित दिलाए।
यससँगै टोटेनहमले अन्तरिम प्रशिक्षक रायन मासनको नेतृत्वमा पहिलो जित निकालेको छ। मुख्य प्रशिक्षक जोसे मोरिन्हो बर्खास्तमा परेपछि रायनले टिम हेर्ने जिम्मेवारी पाएका हुन्।
जितपछि टोटेनहमले ३३ खेलमा ५३ अंक जोडेको छ। टोटेनहम छैटौं स्थानमा समेत उक्लिएको छ। साउथह्याम्पटन ३६ अंक जोडेर १४ औं स्थानमा रहेको छ। एजेन्सी


























