बैशाख ८ । कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द हुने भएको छ। मंगलबार बसेको जिल्लास्तरीय कोभिड(१९ विपद व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा,ध्यान र प्राथनाबाहेक सम्पुर्ण पूजाआजा बुधबारबाट वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।
मनकामना मन्दिरमा नित्य बाहेकका पूजा बन्द गरिने भएको छ। मनकामना क्षेत्र विकास समितिका सचिव लेवेन्द्र गुरुङले बिहिबारदेखी नित्य बाहेकको पूजाआजा बन्द गर्ने सूचना जारी गर्ने तयारी भइरहेको बताए।
अर्को सूचना जारी नभएसम्मका लागि सर्वसाधारणका लागि पूजा बन्द गरिने भएको छ। त्यसो त गोरखकाली मन्दिर पनि बन्द गर्ने तयारी भइरहेको छ।
Facebook Comments


























