बैशाख ८ । पछिल्लो समय सेलेव्रिटीहरु पनि कोभिड-१९ बाट संक्रमित हुन थालेका छन्। कलाकार संक्रमित हुन थालेपछि फिल्म र टिभी छायांकन प्रभावित हुन थालेका छन्।
यसैसाता अभिनेता मदनकृष्ण श्रेष्ठ र अभिनेत्री केकी अधिकारी संक्रमित भए। यी दुई कलाकारलाई भेटेका अन्य सेलेव्रिटीले पनि आफूलाई आइसोलेट गर्न थालेका छन्।
अभिनेत्री करिश्मा मानन्धरले बुधबार आफूलाई आइसोलेट गरेको जनाएकी छिन्। मदनकृष्ण र केकीलाई भाइरस संक्रमण भएपछि आफूलाई एकान्तवासमा राखेको उनले जनाएकी छिन्।
करिश्माले मदनकृष्ण र केकीलाई स्वास्थ्य लाभको कामना समेत गरेकी छिन्। दिनमा दुईपटक तातोबाफ लिन सुझाउँदै करिश्माले भाइरसबाट बच्न सुरक्षा विधि अपनाउन पनि भनेकी छिन्।
Facebook Comments


























