पाल्पा, बैशाख ७ । पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ। मित्याल रामपुर सडकखण्ड अन्तरगत खादारबाट रामपुरतर्फ जाँदै गरेको ग १ ज ५७११ नं. को जीप निस्दी-४ पिपलभन्ज्याङमा दुर्घटना भएको हो।
दुर्घटनामा निस्दी गाउँपालिका ४ का ७० वर्षीय चुरा बहादुर सुनारी, ६४ वर्षीय फत्त सिंह ठाडाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य ५ जना सामान्य घाइते भएका छन्। घाईतेहरुको रामपुर अस्पतालमा उपचार भईरहेको छ। ९ जना सवार रहेको उक्त जीप र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।
Facebook Comments


























