बैशाख ७ । आईपीएल टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ। मुम्बईमा सोमबार राति राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो।
चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो।राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ४९ रन बनाए। जयदेव उनाकडले २४ रन बनाउँदा राहुल टेवाटिया २० रनमा आउट भए।
चेन्नईका मोइन अलीले ३ विकेट लिए । यस्तै साम कुरन र रविन्द्र जडेजाले २र२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो।
चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ३३ रन जोडे। यस्तै अम्बाती रायडुले २७ रन जोड्दा मोइन अलीले २६ रन बनाए। राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए। जितसँगै चेन्नई लिगको दोस्रो स्थानमा उक्लिएको छ। चेन्नईले ३ खेलमा ४ अंक जोडेको छ। राजस्थानको यो दोस्रो हार हो। राजस्थान ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा छ। एजेन्सी


























