बैशाख ६ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले फराकिलो जित हासिल गरेको छ। आइतबार राति सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले एइबरलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
एटलेटिकोको जितमा एंगल कोरिया र मार्कोस लिओरेन्टेले २-२ गोल गरे भने यानिक करासकोले एक गोल गरेका थिए। यो जितपछि एटलेटिकोले ला लिगामा आफ्नो अग्रता बढाएको छ। एटलेटिकोको ३१ खेलमा ७० अंक भएको छ भने लिगको शिर्ष स्थानमा कायम रहेको छ। लिगको दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३० खेलमा ६६ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३० खेलमा ६५ अंक रहेको छ।
त्यस्तै एइबरको भने ३१ खेलमा २३ अंक रहेको छ र लिगको पुछारमा रहेको छ। एजेन्सी
Facebook Comments


























