काठमाडौं, बैशाख ५ । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ। पार्टी कार्यालय सानेपामा सबै नेताहरु पुगिसकेका बेला बैठक स्थगित गरिएको हो।
१४ औं महाविधेशनको लागि क्रियाशिल सदस्यता वितरण र नविकरणको मिति हेरफेरका गर्ने निर्णय गर्नका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो। बैठक भोलि दिउँसो ४ बजे बस्नेगरी स्थगित भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।
Facebook Comments
























