चितवन, बैशाख ४ । नेपालमा आज कोरोना भाइरसका ८४३ जना संक्रमित थपिएका छन्। ७६८ जना पीसीआर परीक्षणमा पोजेटिभ देखिएका हुन भने एन्टीजेन परीक्षणबाट ७५ जनामा संक्रमण देखिएको हो।
यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ। आज २२६ जना निको भएको स्वास्थइ तथा जनसंख्या मन्त्रलायले जनाएको छ। यो समेत गरी निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ।
आज कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यो समेत गरी मृतकको संख्या ३ हजार ७५ पुगेको छ।
Facebook Comments

























