बैशाख ४ । भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनअन्तर्गत पाँचौँ चरणको मतदान जारी छ। पश्चिम बंगालको नेपालीभाषीको बाहुल्यता रहेको दार्जिलिङसहित ६ जिल्लामा ४५ सिटका लागि मतदान भइरहेको हो।
नेपाली भाषीको बाहुल्यता रहेको पहाडी जिल्ला दार्जिलिङ, कालिम्पोङ र खरसाङ गरी तीन निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टी, तृणमूल कांग्रेससँग गठबन्धन गरेर गोर्खा जनमुक्ति मोर्चा चुनावी मैदानमा छ।
त्यहाँ अप्रिल २२ मा छैटौँ, २६ मा सातौँ र २९ मा आठौँ चरणको मतदान हुनेछ। मत परिणाम मे २ मा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ। एजेन्सी
Facebook Comments


























