बैशाख १ । गुल्मी र सुनसरीमा खोला तथा नहरमा डुबेर ४ जनाको मृत्यु भएको छ। गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनेस्थित पनाहा खोलामा नुहाउने क्रममा डुबेर मदाने गाउँपालिका १ अग्लुङ बस्ने सन्जिब बिकको छोरा ५ वर्षीय सुमन बिक र प्युठान गौमुखी गाउँपालिका ५ बस्ने आमा बिष्णु बिकको छोरा ८ वर्षीय गोबिन्द बिकको मंगलवार दिउसो मृत्यु भएको हो।
उक्त खोलामा डुबेर अशक्त भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोटदहमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै सुनसरी, ईटहरी उपमहानगरपालिका १४ नर्भासास्थित नहरमा पौडी खेल्ने क्रममा डुबेर सोही उपमहानगरपालिका ७ बस्ने १७ वर्षीय सायल चौधरी र १४ वर्षीय आयुष भुर्तेलको हिजो मंगलबार साँझ मृत्यु भएको छ। डुबेर अशक्त भएका उनीहरुको धरान घोपा अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


























