वीरगन्ज, बैशाख १ । पर्सामा स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३, छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवानप्रसाद कलवार छन्।
वीरगन्ज महानगरपालिका–६० स्थित सडकबाट उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले साइकलमा सवार कलवारलाई जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकम फेला पारी पक्राउ गरेको जनाइएको छ।
उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विपरीतको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
Facebook Comments


























