चैत्र ३० । भारतको उत्तरप्रदेशका शैक्षिक संस्था बन्द गरिएको छ। कोरोना संक्रमणदर बढेपछि सरकारले आइतबार अप्रिल ३० सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।
एक सयभन्दा बढी संक्रमित भेटिएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यू लगाउने निर्णय पनि भएको छ। यसअघि लखनउ, कानपुर, गोरखपुर, गौतम बुद्धनगर, इलाहावाद, मेरठ, गजियावाद, बरेली र मुजफ्फरनगर जिल्लामा रात्रिकालीन कर्फ्यू लगाइएको थियो।प्रदेश सरकारको पछिल्लो निर्णयसँगै अब खुल्ला ठाउँमा १०० जना भन्दा बढी मानिसहरु जम्मा हुन प्रतिबन्ध लागेको बीबीसीले जनाएको छ।
बन्द गरिएका स्थानहरुमा हुने कार्यक्रमहरुमा अधिकतम ५० जना उपस्थित हुन पाइने छ। आइतबार मात्रै उत्तरप्रदेशमा १५ हजार ३५३ नयाँ कोरोना संक्रमित थपिएका छन्। कोरोना महामारी सुरु भएयता सो प्रदेशमा ९ हजार १ सय ५२ जनाको मृत्यु भैसकेको छ। एजेन्सी
Facebook Comments


























