काठमाडौं, चैत्र २९ । उपत्यकामा कुखुराको मासुको मूल्य ४१० पुगेको छ। यो अहिलेसम्मकै बढी मूल्य भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ।
संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको थियो। मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
अझै खुद्रा मूल्य ४ सय ३० सम्म पुग्ने सक्ने व्यवसायीहरुको भनाई छ। जिउँदो कुखुराको मूल्य २९० पुगेको छ। यसअघि २७० रुपैयाँमा कारोबार हुँदै आएको थियो।
Facebook Comments


























