चितवन, चैत्र २९ । मनकामना केबलकारको पहिलो चरणको मर्मत सकिएको छ। पहिलो चरणको मर्मत सकिएपछि सोमबारबाट पुनः सञ्चालनमा आउने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ। यसअघि मंगलबारदेखि सञ्चालनमा आउने भनिएको थियो।
चैत्र २३ गते देखी मर्मतका लागी बन्द गरिएको केबलकारको विदेशी प्राविधिकले काम गर्दै आएका थिए। ६ दिन बन्द गरिएको केबलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक राजेशबावु श्रेष्ठले बताए।
२०५५ सालमंसिर ८ गते देखी सञ्चालनमा आएको मनकामना केबलकारले २३ बर्ष पुरा गरे संगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी मर्मतको काम थालेको छ।
अबको २ बर्षभित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
Facebook Comments


























