चैत्र २९ । समसामयिक हास्य कथामा निर्माण गरिएको फिल्म ‘चुरीफुरी’ २०७८ सालको असोज १ गते प्रदर्शन हुने भएको छ। निर्देशक ऋषिराज आचार्यले शनिबार सामाजिक सञ्जालमा फिल्मको फस्टलूक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिती समेत घोषणा गरेका हुन्।
सार्वज्नकि पोस्टरमा डेब्यू हिरो अभिषेक श्रेष्ठका साथमा डेब्यु हिरोइनहरु पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङका साथमा कलाकारहरु रबिन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी) र सुरवीर पण्डित अटाएका छन्।
फिल्ममा उनीहरुका साथमा ऋतु आचार्य, सुनीता श्रेष्ठ,राजेन्द्र खाती,महेश्वर आचार्य,लक्ष्मी ढकाल (जोया),कमल सिंह,सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ,रश्मी आचार्य,लक्ष्मण अधिकारी, दिल गोदार,मनिल तामाङ,जीपी पाठकलगायतका कलाकारले अभिनय गरेका छन्।
आरबि मुभीजको ब्यानरमा निर्देशक स्वयं तथा रिना ढकाल निर्माता रहेको फिल्म राहुल राईले खिचेका हुन्। बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा सहनिर्माता रहेको फिल्मका गीतमा दीपक शर्माको संगीत, समीर आचार्य, बिश्व नेपाली र बेनीशा पौडेलको स्वर छ।
भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको फिल्ममा बिजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ। फिल्मले भरपुर मनोरञ्जनका साथै युवावर्गलाई सन्देश पनि दिने दावी निर्देशक आचार्यको छ।


























