चैत्र २८ । इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले संघर्षपूर्ण जित निकालेको छ। शुक्रबार राति भएको खेलमा उल्भ्सले फुलहमलाई १-० गोलले पराजित गरेको हो। उल्भ्सको जितमा एडमा ट्राओरेले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो।
जितसँगै उल्भ्सले ३१ खेलमा ३८ अंक जोडेको छ। उल्भ्स लिगको १२औँ स्थानमा रहेको छ। फुलहम २६ अंकसहित १८औँ स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























