काठमाडौं, चैत्र २० । आरबिबी एनभिए महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा पुलिसले भरतपुर मेट्रो क्लवलाई सोझो सेटमा हराएको हो।
पुलिसले भरतपुरलाई २५–४, २५–८ र २५–१२ को सेटमा हराएको हो। १९ गतेबाट सुरु भएको खेल २६ सम्म हुनेछ। विजेता टोलीले ३ लाख नगद प्राप्त गर्ने छन्। यस्तै,उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन्। उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन्।
Facebook Comments


























