चैत्र २० । ताइवानमा शुक्रबार बिहान रेल दुर्घटना भएको छ। बिहान साढे ९ बजे देशको पूर्वी हुलियन क्षेत्रको टनेलमा रेल दुर्घटना हुँदा ३६ जना यात्रुको मृत्यु भएको जनाइएको छ।ट्रकसँग ठोक्किएर रेल दुर्घटना भएको ‘च्यानल न्युज एसिया’ले जनाएको छ।
रेलमा ३ सय ५० जना यात्रु सवार रहेको बताइएको छ। दुर्घटनामा घाइते ६१ जनालाई अस्पताल भर्ना गरिएको छ। ७३ जना रेलभित्र रहेको र उद्धार कार्य भइरहेको स्थानीय प्रहरीले जनाएको छ। रेलमा बिदा मनाउन हिँडेका पर्यटकहरू रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। एजेन्सी
Facebook Comments


























