काठमाडौं, चैत्र १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताएका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको आवश्यकता अनुसारको शिक्षा आजको आवश्यक भएको बताए।
शिक्षा राम्रो हुन शिक्षक पनि राम्रो हुनु पर्ने बताउदै प्रधानमन्त्री ओलीले शिक्षा विकासको आधार भएको बताए। उनले विगतमा शिक्षा क्षेत्रमा परिवर्तन गर्न खोजिए पनि खासै परिवर्तन नभएको बताए।
अब प्राविधिक शिक्षलाई प्राथमिकताका साथ अगाडि लैजानुपर्ने आवश्यकता रहेको उनले बताए। प्रधानमन्त्री ओलीले आफ्नो सरकारले विकासका गतिविधि मात्रै नभएर शिक्षा स्वास्थ्य लगायत विकास निर्माणका नयाँ योजनाको सुरुवात गरेको जानकारी गराए।
मेलम्ची खानेपानीको सफलता लगायत थुप्रै योजनामा सरकारले सफलता पाएको बताउँदै उनले बाटो, ढल र विद्युतको तालमेल मिलाउदै विकासको गतिलाई अधि बढाइने बताए।


























