चितवन, चैत्र १८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट १६२ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्य २ लाख ७७ हजार ३ सय ९ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५९ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ७ सय ८६ रहेको छ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० छ। त्यस्तै १ हजार ४ सय ९३ जना आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ लाख ७१ हजार ३ सय २७ पीसीआर परीक्षण भएका छन्।
Facebook Comments


























