काठमाडौं, चैत्र १८ । नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ। मंगलवार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधवार सुनको मूल्यमा ४ सय रुपैयाँको गिरावट आएको हो। मंगलवार छापावाल सुन प्रति तोला ८६ हजार रुपैयाँमा कारोबार भएको थियो। बुधवार तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १५० रहेको छ। महासंघका अनुसार बुधवार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ।
Facebook Comments


























