काठमाडौं, चैत्र १५ । आज (आइतवार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनमा आएको छ। वायु प्रदुषणले भिजिविलिटी कम हुँदा प्रभावित भएको विमानस्थल पुनः सञ्चालनमा आएको हो ।
केहीसमय अघिदेखि विमान उडान तथा अवतरण नियमित भइरहेको विमानस्थल प्रशासनले जनाएको छ। प्रशासनले दिएको जानकारी अनुसार आन्तरिक तथा बाह्य दुवै उडान भइरहेको छ। खराब मौसमका कारण शुक्रवार र शनिवार केही समय प्रभावित भए पनि आज नियमित उडान भइरहेको जनाइएको छ।
Facebook Comments

























