चितवन, चैत्र १२ । पछिल्लो २४ घण्टामा देशभर थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ।
कूल संक्रमितमध्ये २ लाख ७२ हजार २७२ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा ८५ संक्रमित निको भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या १ हजार २१७ पुगेको मन्त्रालयले जनाएको छ।
बिहीवारको विवरण अनुसार कोरोनाले थप कसैको पनि मृत्यु भएन। हालसम्म कोरोनाले मृत्यु हुने संक्रमितको संख्या ३ हजार २० रहेको छ।
Facebook Comments

























