काठमाडौं, चैत्र १२ । केही समय यता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिने क्रम जारी छ। हिजो घटेको सुनको भाउ बिहीबार भने तोलामा २०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ। अघिल्लो दिन बुधबार सुनको भाउ ८६ हजार ७०० रुपैयाँ रहेको थियो। आज तेजावी सुन भने प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार हुनेछ।
यता, चाँदीको भाउ भने घटेको महासंघले जनाएको छ। बुधबार तोलामा एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार २३० रुपैयाँ कायम भएको हो।
Facebook Comments

























