चैत्र १२ । कोरोना संक्रमण बढेसंगै चलचित्र ‘लप्पन छप्पन २’ को रिलिज स्थगित गरिएको छ। सरकारले संक्रमण बढेसंगै सभा, गोष्ठी, जुलुस, र्याली, भेला, सेमिनारलगायत भिडभाड हुने कार्य नगर्न निर्देशन दिएपछि चलचित्रको रिलिज पनि स्थगित गरिएको हो।
चैत २७ मा प्रदर्शन हुन् लागेको चलचित्र ‘लप्पन छप्पन २’को रिलिज स्थगित गरिएको निर्देशक मुकुन्द भट्टले बताएका छन्। चलचित्रको रिलिज मिति स्थगित भएको यो तेस्रो पटक हो।
‘लप्पन छप्पन २’ले रिलिज मिति स्थगित गरेपनि यहि मितिमा आउने भनिएको अन्य दुई फिल्म ‘कृष्ण लिला’ र मनसँग मनले’ रिलिज स्थगित गरेका छैनन्। चलचित्र ‘लप्पन छप्पन २’ शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय रहेको छ।

























