काठमाडौं, चैत्र १० । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन्। यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा.गुणाकर भट्टको सरुवा भएपछि ढकाललाई चैत १० गते (आज) देखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो।
राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन्।
Facebook Comments


























