काठमाडौं, चैत्र १० । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ०९ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३८ रुपैयाँ २३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ०३ पैसा र बिक्रीदर १६० रुपैयाँ ८७ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Facebook Comments
























