काठमाडौं, चैत्र १० । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आज सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन्।
उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तानको यू-२३ टिम भिड्ने छन्। बंगलादेश र किर्गिस्तानबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ। बंगलादेश र किर्गिस्तान दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्।
नेपालले भने पहिलो खेलमा बुधबार किर्गिस्तानसँग खेल्नेछ। दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ। नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ। राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। फाइनल खेल चैत १६ गते हुनेछ।
Facebook Comments


























