धनुषा, चैत्र ९ । पेस्तोल सहित एकजना आइतबार पक्राउ परेका छन्। गणेशमानचारनाथ नगरपालिका–९ जयनगर बस्ने ३२ वर्षीय प्रमोद कुमार यादवलाई पेस्तोल १ थान सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सवैला र प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा कपडाले बेरी लुकाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























