काठमाडौं, चैत्र ९ । नेकपा एमालेका नेता एवं पूर्व पर्यटनमन्त्री योगेश भट्टराई संस्थापन ओली पक्षको कारवाहीमा परेका छैनन्। दुई दिन अघि बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल लगायतका नेतासँग स्पष्टीकरण सोध्ने निर्णय गरेपनि नेता भट्टराईको नाम कारवाहीको सूचीमा छैन।
तर, भट्टराई पनि हाल माधव नेपाल पक्षमै छन्। आफूलाई स्पष्टीकरण नमानेपनि उनले आफ्नो समूहका नेतालाई स्पष्टीकरण सोध्ने प्रधानमन्त्री केपी शर्मा ओली समूहको प्रतिवाद गरेका छन्। स्पष्टीकरण सोध्ने ओलीपक्षलाई प्रतिवाद गर्दै नेता भट्टराईले ट्विटरमा लेखेका छन्,‘सोध्नेहरु (ओली पक्ष) स्वयं लाखौं प्रश्नको घेरामा छन्।’
Facebook Comments


























