चैत्र ९ । पूर्व विश्व नम्बर एक सेरेना विलियम्सले मियामी ओपन टेनिस नखेल्ने भएकी छिन्। मुखको शल्यक्रिया गरेपछि विलियम्सले मियामी ओपन गुमाउने भएकी हुन्।
‘मियामी ओपनबाट नाम फिर्ता लिदा म दुखिद छु,’सेरेनाले भनेकी छिन्, ‘मियामी मेरा लागि विशेष छ। किनकि यो मेरो घर हो।’
३९ वर्षीय सेरेना मियामी ओपनमा आठ पटकको च्याम्पियन हुन्। २३ पटकको ग्राण्डस्लाम विजेता सेरेना गत जनवरीमा भएको अष्ट्रेलियन ओपनको सेमिफाइनलसम्म पुगेकी थिइन्। अष्ट्रेलियन ओपनमा सेरेना जापानकी नोआमी ओसाकासँग पराजित भएकी थिइन्। ओसाकाले नै अष्ट्रेलियन ओपन जितेकी थिइन्। एजेन्सी
Facebook Comments
























