चैत्र ९ । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बेनेभेन्टोसँग पराजित भएको छ। आइतबार राति भएको खेलमा युभेन्ट्स घरेलु मैदानमै बेनेभेन्टोसँग १-० गोलले पराजित भएको हो।
बेनेभेन्टोलाई जित दिलाउन एडोल्फो गाइचले ६९औँ निर्णायक गोल गरे। पराजयसँगै युभेन्ट्सले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। युभेन्ट्सले २७ खेलमा ५५ अंक छ। बेनेभेन्टो २९ अंकसहित १६औँ स्थानमा छ। एजेन्सी
Facebook Comments


























