मनाङ, चैत्र ८ । मनाङमा शनिबार भएको ट्रक दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका मनाङका तीन वर्षीय बालक त्रिभुवन गुरुङको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगको हो।
उनको चितवन भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मनाङका डिएसपी सुवास खड्काले जानकारी दिए।
अन्य दुई जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ। मनाङको नासो गाउँपालिकाको खोत्रो पाखामा शनिबार दिउँसो भएको ट्रक दुर्घटनामा यसअघि पाँच जनाको मृत्यु भएको थियो। लमजुङको सदरमुकाम बेंसीशहरबाट सिमेन्ट बोकेको ट्रकमा गएका उनीहरुको ट्रकको ब्रेक फेल भई दुर्घटना हुँदा मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए।
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








