चितवन, चैत्र ८ । पर्यटकीय नगरी चितवनको सौराहालाई डिजिटल बजार घोषणा गरिएको छ। कुमारी बैंक र फोनपे पेमेन्ट सर्भिसको सहकार्यमा सौराहालाई डिजिटल बजार घोषणा गरिएको हो।
शनिबार सौराहामा एक कार्यक्रमबीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले डिजिटल बजार घोषणा गरेका हुन्। अब सौराहाका हरेक पसलमा क्युआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ। क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै सौराहा घुम्न जाने पर्यटकलाई नगद रकम बोक्नुपर्ने बाध्यता हटेको छ।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरे। उनले नगदरहित कारोबारले मुलुकको अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्ने बताए। कार्ड लगायतका भुक्तानीले बर्सेनि अर्बौँ रुपैयाँ विदेशीने गरेको बताउँदै क्युआर भुक्तानीले सोही रकम स्वदेशमै रहने भएकाले आफूहरुले प्राथमिकतामा राखेको कँडेलको भनाइ छ।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्युआर प्रविधिको प्रयोगसँगै व्यवसायीको व्यापार व्यवसायमा पनि वृद्धि हुने बताए। उनले व्यवसायीहरुले बैंकिङ माध्यमबाट कारोबार गर्दा ऋण तथा अन्य सुविधाका लागि पनि सहयोग पुग्ने बताए।

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








