काठमाडौं, चैत्र ७ । एमाले संसदीय दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको हो।
बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा गौतम सहभागी भएका हुन्। गौतम संसदीय दलको बैठकमा सहभागी भएको ओली निकट एमाले सांसद विशाल भट्टराईले जानकारी दिए।
गौतम यसअघि ओली तथा नेपाल–खनालका कुनै पनि बैठक तथा भेलामा सहभागी भएका थिएनन्। ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्ष सभागी नहुने यसअघि नै निर्णय गरिसकेको छ।
Facebook Comments


























