चैत्र ७ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले जित निकालेको छ। शुक्रबार राती भएको खेलमा लिड्सले फुलहमलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्ड र राफिन्हाले एक एक गोल गरे। फुलहमका जोआचिम एण्डरसनले एक गोल फर्काए। फुलहमको मैदानमा २९ औं मिनेटमा बामफोर्डले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए। खेलको ३८ औं मिनेटमा एण्डरसनले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरीमा ल्याए।
त्यसपछि खेलको ५८ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई २-१ को जित दिलाए। जितपछि लिड्सले २९ खेलमा ३९ अंक जोडेको छ। लिड्स लिगको ११ औं स्थानमा रहेको छ। फुलहम २६ अंक जोडेर १८ औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments
























