काठमाडौं, चैत्र ७ । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा महाबिर युथ क्लब र विरगंज युथ एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।
समूह ‘ए’ मा रहेका महाबिर र विरगंजबीचको खेल अपरान्ह साढे १२ बजे सुरु हुनेछ। यस्तै दोस्रो खेलमा विरगंज युनाईटेड क्लब र प्लानिङ ब्वाइज युनाईटेडबीच खेल हुनेछ।
समूह ‘बी’ मा रहेको विरगंज र प्लानिङबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ। आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन्। सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ। यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ। प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ।
Facebook Comments


























