चितवन, चैत्र ७ । चितवनमा यही आज र भोली दुई दिन १० घण्टा विद्युत आपूर्ती बन्द हुने भएको छ। भरतपुर सब स्टेशन ११ केभीको फिडरबाट बितरित सम्पूर्ण विद्युत लाईन अवरुद्ध हुनेछ।
नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले एक सूचना जारी गर्दै मर्मत संभारका लागि दुई दिन विद्युत कटौती हुन लागेको जानकारी दिएको हो। हेटौंडा ग्रिड महाशाखा अन्तरगतको १३२/३३/११ केभि भरतपुर सब स्टेशनमा ११ केभी ईन्कमर तथा बसकल्पर परिवर्तन गरी क्षमता वृद्धि गर्नुका साथै आवश्यक मर्मत संभार गर्न परेको विद्युत कटौती गर्न लागिएको महाशाखाका इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए।
विद्युत प्राधिकरण भरतपुरका अनुसार आज (शनिबार) र भोली (आईतवार) विहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।

Facebook Comments


























