मुम्बई, चैत्र ६ । बलिउड अभिनेता जोन अब्राहमले नेपाली दर्शकलाई एक अनुरोध गरेका छन्। जोनले उनको चलचित्र ‘मुम्बई सागा’ हलमा गएर हेरिदिन रिक्वेस्ट गरेका हुन्। सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै उनले यस्तो अनुरोध गरेका हुन्।
जोनले भनेका छन्, “नेपालका सबैलाई मेरो चलचित्र ‘मुम्बई सागा’ गएर हेरिदिन आग्रह गर्दछु। जुन मार्च १९ (आज) मा रिलिज हुँदै छ। यो ठूलो पर्दाका लागि बनेको चलचित्र हो। त्यसैले हलमा गएर यो चलचित्र हेरी मनोरञ्जन लिनुहोला। सबैमा मेरो प्रणाम।”
सञ्जय गुप्ताको निर्देशन रहेको यो एउटा एक्सन क्राइम जनराको चलचित्र हो। जसमा अभिनेता जोन अब्राहम र इमरान हासमी मुख्य भूमिकामा देखिनेछन्। चलचित्रमा जोन अन्डरवर्ल्ड डनको भूमिकामा र इमरान प्रहरी अधिकारीको भूमिकामा देखिनेछन्। एजेन्सी
Facebook Comments


























